Saturday, May 15, 2010

आत्मनिर्णको अधिकार, अग्राधिकार र जातिय स्वशासन

आजको यस “आत्मनिर्णको अधिकार, अग्राधिकार र जातिय स्वशासन” शिर्षक विषयक विचार गोष्ठीका सभापति ज्यू, यस गोष्ठीमा पाल्नु हुने प्रमूख अतिथि ज्यू, यस कार्यक्रममा पाल्नुहुने विभिन्न पार्टी, राजनीतिक संगठन, जातिय संस्था, क्षेत्रिय संस्था तथा अन्य संगठनहरुका प्रतिनीधिहरु ज्यू र यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण नेपाली आदरणिय दाजुभाइ तथा दिदी वहिनीहरु मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास समितिको तर्फवाट सेवारो तथा संघियवादी अविवादन टक्रयाउछु ।सर्वप्रथम उत्पिडित आदिवासी जनजातिको हकअधिकारको रुपमा रहेको यो आत्मनिर्णयको अधिकार, अग्राधिकार र जातिय स्वशासन” विषयक विचार गोष्ठीको आयोजक संगठन लिरामुमो प्रवास समिति हङकङ र लिम्बुवान वुद्धिजिवी समिति हङकङ दुवैलाई विशेष धन्यवाद दिन चाहान्छु ।

मुक्तक अन्य विधा “धनको खातिर विदेश आईयो”

धनको खातिर विदेश आइयो

सोचे जस्तो नहुँदा चाल पाइयो
जहाँ जाउँ कर्म संगै जाँदो रैछ
छ मैना त लेखेम् मात्रै खाइयो


चिल्ड्रेन पार्कमा दोहोरी नि गाइयो
कैले बचन नपाएको बचन पनि पाइयो
मन पुग्छ गाउँ घरमा जिउ बिदेशमा
बनावटी हाँसो बोक्दै बाहिर खुसी छाइयो

धरानस्थित बुद्धिजीविहरु र लिम्बुवानजन्य संगठनहरुकावीचमा छलफल

२०६७ बैशाख २६ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रवक्ता छवि सङबाङफेको पहलमा बृहत लिम्बुवान एकताका लागि धरानस्थित बुद्धिजीविहरु र लिम्बुवानजन्य संगठनहरुकावीचमा छलफल भएको छ । छलफलमा स्थानिय बुद्धिजीवि डा. रामनारायण कन्दङवा, राष्ट्रिय बक्सिङ्ग प्रशिक्षक नरेन्द्र पोमु, समाजसेवी तथा राजनीतिज्ञ मीन सुब्बा लगायत संघीय लिम्बुवान राज्य परिषदका संगठन विभाग प्रमुख रामभक्त कुरुम्बाङ, केन्द्रीय सदस्य राम मगर, संघीय लिम्बुवान राज्य परिषद (क्रान्तिकारी) का केन्द्रीय सदस्य रत्न फुरुम्बो सहभागि रहेका थिए । लिम्बुवानवादी संगठनहरुकावीच सैद्धान्तिक र दार्शनिक मतभिन्नता नभएकोले विभिन्न चिरामा विभाजित भई पृथक ढंगबाट राजनीति गर्नु कुनै अर्थ नरहेकोले सबै संगठनहरुवीच एउटै संगठनमा गोलबन्द भई लिम्बुवान प्राप्तिको आन्दोलन अगाडि बढाउनु उपयुक्त रहेको विचार डा. रामनारायण कन्दङवाले व्यक्त गर्नुभयो ।

जेठ १४ मा संविधान बनाउने पर्याप्त समय अब रहेन

सुवास नेम्वाङ, संविधानसभा अध्यक्ष, सभामुख हुँदा या संविधानसभाको अध्यक्षमा निर्वाचित भइसकेपछि पनि राजनीतिक दलहरू एकजुट हुनुपर्ने कुरामा निरन्तर जोड दिइरहने र प्रत्येक महत्त्वपूर्ण विषयलाई सहमतिका आधारमा टुङ्गो लगाउनुपर्छ भन्ने मान्यतालाई संसद् र संविधानसभामा स्थापित गर्न निरन्तर लागिरहनुभएका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ संविधानसभाका २५वटै दलका लागि प्रिय हुनुहुन्छ ।

निष्पक्षता र सहमतिका आधारमा निर्णयगर्ने विशेषताकै कारण उहाँका कार्यशैलीका विरुद्ध कसैले पनि टिप्पणी गर्ने हिम्मत गर्दैनन् । संविधान निर्माण कार्यलाई निर्धारित समयमै टुङ्गो लगाउने गरी अध्यक्ष नेम्वाङले जिम्मेवार दलका शीर्ष नेताहरूसँग औपचारिक अनौपचारिकरूपमा भेटघाट जारी राखी निक्कै समय छलफलमा बिताउनुभयो । तर, संविधान निर्माण कार्यसँगै अन्य विषय पनि जोडिएपछि मत भिन्नताका विषयहरू जति छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन ।

लिम्बुवानमा लिम्बुवान भोल्युण्टियर्सको विशाल खबरदारी लिम्बुवानी आमसभा हुँदै

लिम्बुवान, वैशाख ३०, २०६७/

संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता तथा संविधान निर्माण र शान्तिप्रकि्रयामा गम्भीर षडयन्त्र भई यथास्थितिवादी एकात्मकवादीहरुको उक्साहटमा धार्मिक साम्प्रदायिक भिडन्त गरी देशलाई गृहयुद्धमा फसाउने षडयन्त्र भइरहेको भइरहेको भन्दै लिम्बुवान भोल्युण्टियर्स एलभीले यही जेष्ठ १ लिम्बुवानको इटहरी सुनसरीमा विशाल खबरदारी लिम्बुवानी आमसभा गर्नेभएको छ । वैशाख २६ गते नै गर्ने भनिएको उक्त आमसभालाई विविध कारणवस जेष्ठ १ गते सारिएको एलमी केन्द्रीय कमाण्डर फक्ताङलुङद्वारा प्रसित विज्ञप्तिमा जनाएको छ । अहिले देशमा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र लिम्बुवान विरोधी षडयन्त्रकारी र प्रतिगामी तत्वहरुको चलखेल बढिरहेकोले सो पुनःउत्थानवादी कि्रयाकलाप तुरुन्त बन्द गराउन;

Thursday, May 13, 2010

बिना शिर्षक को यथार्त

संपादकिय
राजनिति समस्याको गतीरोध भन्दा एक अर्काको अबरोध चाहने महान कलाकारहरुलाई के उपनाम दिएर संबोधन गरौ नामकरणगर्नै आएन मलाईत, मुख मा कोनिके बगली मा खै कोनिके भएपछी नेपाली जनताले कहिले पाउने सुख ? एकले अर्कोलाई अर्कोले एकलाई देशलाई भलिबलझै हाना हान गरिरहेछ त्यहिभएर होला बोल्नेभषामा पनि परिर्वतन आएर बल फलनाको कोर्टमा र ढिस्नाको कोर्टा भन्न थलिएको छ। जो हरुको मारमा परेका नेपाली जनता रेफ्री संगै बिचमा बसेर घाँटी दहिने र देब्रे गरेको गरैछ। त्यो घाँटीहरु दुखेर हैरान भएको छ। राती सिरानी बिना सुतेर मर्किएको जस्तो भाकोछ तै पनि यो राजनितिक नामको गाइजात्रे खेल हेर्न बाध्य छ। कहिले कस्को कहिले कस्को कोर्टमा पुग्यो रे बल। नेपाली जनताको कोर्टमा चै आउनै मिल्दैन रे त्यो बल। यति पनि सोच्दैन की खेलको तालमेल नमिल्दा उछिट्टिएर दक्षिण दिशा तिर गयो भने के हुन्छ भनेर ? हाम्रा पडोसीहरु त कहिले उछिट्टिएर बल हाम्रो तिर आउला र हावा खोलेर छाला मात्र फर्काइदिउला भनेर बसिरहेको होला, होला मात्र होइन हो नै।

धर्मनिरपेक्षताको विरुद्धमा भइरहेको चलखेलप्रति संघीय मञ्चको आपत्ति

नेवाः काठमाडौं, बैशाख २९, २०६७/

नेपालको अन्तरिम् संविधान २०६३ ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य घोषणा गरिसकेको अवस्थामा रा.प्र.पा. नेपालका अध्यक्ष, पूर्वपञ्च २०६२/०६३ को दोस्रो जनआन्दोलनलाई क्रूरतापूर्वक दमनगर्ने, ज्ञानेन्द्रकालीन सरकारको गृहमन्त्री कमल थापा भारतको मुम्वईमा गएर विश्व हिन्दू परिषदको सम्मेलनमा भाग लिई जसरी भएपनि नेपाललाई पुनः हिन्दू राष्ट्र बनाई छाड्ने भन्ने उनको सार्वजनिक अभिव्यक्ति; वर्तमान उपप्रधानमन्त्री विजय गच्छादारले गरेको नेपाललाई हिन्दू राष्ट्र बनाउने सार्वजिनक भाषण र वर्तमान अर्का उपप्रधानमन्त्री सुजाता कोइरालाले संघीयताबारे जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने विचार राखेकोप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गम्भीर ध्यानाकर्षण भएको भन्दै एक प्रेस विज्ञप्तिमार्फत सोको घोर आपत्ति भत्स्रना र विरोध गरेको छ ।

Wednesday, May 12, 2010

Kapilvastu Day Movement Global Committee Formed

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year.

लिम्वुवान मुक्तिका आन्दोलनहरु

वि.सं १८३१ मा सन्धी (लालमोहर) द्वारा लिम्वुवानलाई गोर्खाको उपनिवेश बनाईए तापनि त्यस्को बिरुद्धमा विजयपुरका राजा बुद्धिकर्ण खेवाहाङ लिम्वू,याङवरकका हिलीहाङ योङहाङ,चैनपुरका जसमुखी राय,छत्थरका सुनुहाङ खेवाहाङ राय र चारखलका आशदेव लिङदम रायले गोर्खा बिरुद्ध जेहाद छेडेका थिए । त्यसपछि बिभिन्न कालखण्डमा गरिएका लिम्वुवान मुक्ति आन्दोलनहरु यस प्रकार छन् ।

१.वि.सं. १८३९ मा लिम्बुवान गोर्खाबाट मुक्ति गर्न मुरेहाङ लिम्वु र थामुया लिम्बुहरुको छापामार युद्ध
२.वि.सं. १८७३ तिर पृथ्वीसिंह लिम्बुको स्वतन्त्र लिम्बुवान राज्य खडा गर्न प्रयास
३.वि.सं. १९४१ मा जगदल लिम्बुकोस्वतन्त्र लिम्बुवानका लागि वि द्रोह
४.वि.सं. १९५२ मा राज्यले ताप्लेजुङमा अमाल राख्दा हाङपाङका बाजहाङ लिम्बुको बिरोध र हत्या
५.वि.सं.२००६ मा लिम्बुवान स्टेट खडा गर्न विजयबहादुर लिम्बुको विद्रोह र २००८ मा उनको हत्या

माटो, इक्सा र खाम्बेक

बुढासुब्बा मन्दिर र त्यस आसपास रहेका टुप्पाविहीन बाँस झ्याङमा लुकामारी खेल्दै एक जोडी युवायुवती प्रेमालापमा व्यस्त देखिन्छन् । उनीहरू एकआपसको आँखामा हेराहेर गर्दै आलिंगनबद्ध हुन्छन् । तल सेउतीको बगर, पारि पानबारीको पत्रङ्बारी गाउँ अनि उनीहरूको सेरोफेरोमा धरानको विजयपुर डाँडा । छेउमा बुढासुब्बाको मन्दिर ।


चौबन्दी चोलो, कैंचीमार साडी, नाकमा ढुंग्री, शिरमा शिरबन्दी, हातमा चाँदीको कल्ली लगाएकी वैंशालु युवती इक्साको वरिपरि घुम्दै आधुनिक पहिरनमा सजिएको युवक खाम्बेकले पालाम ट्युनमा मनको विरह पोख्छ, ‘गैरीबारी विराई खेतै भयो, यसैर ठाउँमा भेटै भयो ।’ जवाफमा नशालु कर्के नजर लगाउँदै लाजले भाग्छिन् इक्सा । खाम्बेकले पछ्याउँदै हातमा समाएर अंगालोमा बाँधिएपछि दुवै प्रेमको दुनियाँमा हराउँछन् ।

पृथ्वीको पहिलो तस्विर

पृथ्वीको पहिलो तस्विर, जब सम्म यो तस्विर खिचिएको थिएन तब सम्म मानवजाती लाई थाहानै थिएन संयम आफु बस्ने पृथ्वी कस्तो देखिन्छ भनेर।

Tuesday, May 11, 2010

खेवा लिम्बू र पंक्षी

किरात लिम्बूहरूमध्ये धनकुटा र तेह्रथुम जिल्लाका केही गाविसहरूमा छथरे लिम्बूहरू बसोबास गर्छन् । धनकुटा जिल्लाको हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, घोर्लिखर्क, तेलिया र ताङ्खुवा गाविस तथा तेह्रथुमको ओख्रे, पोखरी, फाक्चामारामा रहेका छन् । छथरे लिम्बूमा छवटा थर हुन्छन् र उनीहरूलाई खेवा लिम्बू पनि भनिन्छ । छथरे लिम्बूहरूमा तिगेला, तुम्बा, माङ्याक, मादेन, चोङबाङ तथा आङ्लाबाङ (आङ्खेवा) पर्छन् । उनीहरूलाई खेवा भन्नुको अर्थ खे भनेको लिम्बू भाषामा वन हो भने वा को अर्थ कुखुरा वा पक्षी हुन्छ । यी लिम्बूहरूको एउटा विशेषता के हो भने उनीहरू कुनै पनि पक्षीको मासु खाँदैनन् । पक्षी खाएमा आफूहरूलाई त्यसले पिरोल्ने वा अशुभ हुने सांस्कृतिक तथा धार्मिक विश्वास उनीहरूमा छ ।

गज़ल-" एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो "

एकान्तमा भेटेर बोलुँ-बोलुँ लाग्यो

तिमी संग हृदय खोलुँ-खोलुँ लाग्यो


एक चिट्ठी लेखेर बैना बट्टा मारी
मिठा कुरा कानीले मोलुँ-मोलुँ लाग्यो


दोबाटोमा पर्खेर लुकी छिपी हेर्दै
नदेखे झैं गरेर टोलुँ-टोलुँ लाग्यो


तिम्रो नामको छापले सिउँदोमा छापी
जीवनलाई रंगमा घोंलुँ-घोंलुँ लाग्यो

अस्तित्वको युद्द ब्रह्माण्डमा पनि ?

माघको दिन जाडो निक्कै बडेको थियो ।आज बिदाको दिन त्यसैले बिहान लाजेहाङ सिरकमा गुटमुटिएर के के सोचेर ढ्ल्कीरहे थियो। झ्यालबाट सिरेटो आएकोले पर्दा लगाउन उठ्यो । बिहानीको सूर्यको प्रकासले कंचनजंघा [सेसे लुंग] कुम्भकर्ण [फक्तांग्लुंग] हिम्श्रींग्खलाहरु सुन जस्तै टल्किरहेको थियो ।हिम्स्रींग्खला देखेर मन मा एक आनन्द आयो ।ओछ्यानमा ढ्ल्केर मन खेलाउन थाल्यो। नेपाल कति शुन्दर छ ? आफु नेपाल जस्तो देशमा जन्मिएकोमा गर्व लाग्यो उसलाई । नेपाल सुन्दर भएकै कारण सबैले आखा गाडेका विश्व साम्राज्यवादको नाइके अमेरिका संसार ध्वस्त गर्ने प्रमाणुबम बनाएर आफु राख्छ अनि भरुवा वन्दुक बोक्नेहरुलाइ आतंकवादि भंछ उ अर्काको व्यक्तिगत मामिलामा हातहाल्छ दुनिया गरिव जनताहरुमार्छ अनि प्रजातंत्रको हवालि दिंछ मानवाधिकारको बखान गर्छ। आश्चार्य ! चीनले नेपाल-चीन विचको पुरानो सन्धीलाइ परिमार्जन गर्नु पर्छ भन्दा आफ्नो सात समुन्द्र पारिको देशको राष्ट्रियता खतरामा परेको ठान्छ साम्राज्यवादी अमेरिका। त्यहि हो “ हरिमाया खुर्सानी खाने- दीलमायाको ओठ पोल्ने “ भनेको ।

लिम्बुवान ईतिहास

ईतिहास:-

लिम्बुवान त्यसै उत्पति भएको वा कसैले राखिदिएको कुनै जाति वा समुदायको नाम होइन । यो त किरात सभ्यतामा किरात भूमिको राजनैतिक क्रान्तिले जन्माएको नाम हो । आजको लिम्बुवान भूमिलाई लिम्बुवान भन्नुभन्दा पहिले फेदाप भनिन्थ्यो । सिमाङ्गढबाट लुक्थोयोको नेतृत्वमा पूर्व बिजुगखोला आउने सौमर किरात वंशमध्ये भाइफुट्टा (वर्तमान लिम्बु वंशका एक शाखा) वंशीले अरुणखोला तरी फेदाप पहाडका जंगल उजाड गरी बसे । यस वंशका राजालाई भाइफुट्टाहाङ भन्थे । यिनको दरबारमा च्याम्जोलो नामक एक ज्ञानी मन्त्री थिए । यिनै मन्त्रीको सहायताले भाइफुट्टाहाङले फेदाप वरिपरिका गाउँहरु वालुङ, तम्बर, मेवा, मैवा, छथर, पान्थर र चौबीसमाथि आफ्नो अधिकार जमाए । विस्तारै उनले अरुण पश्चिमका किराती गाउँले राजाहरुलाई आफ्नो पकडमा राखेर शासन चलाए । भाइफुट्टाहाङको नौ पुस्तापछि यो वंशमा जिते नामक एक राजा भए । यी राजाका पर्वते नामक एक वीर पुत्र भए । त्यसबेलाका पहाडी खण्डका वीरहरुमा यिनी सर्वश्रेष्ठ थिए । पर्वते राजाका छोरा मलयकेतु राजाका पाँच पुस्तापछि फेदापमा साम्युकहाङ राजा भए ।

संयुक्त सरकारको निर्माण गर्न वर्तमान सरकारले राजिनामा गर्नुपर्ने दशदलको निर्णय

नेवाः काठमाडौं, वैशाख २७, २०६७/



भर्खरै आमहड्ताल गरेर स्थगित गरेको नेपालको सबभन्दा ठूलो राजनीतिक दल एकीकृत ने.क.पा. (माओवादी)सहित विभिन्न दश राजनैतिक दलहरुको वैशाख २७ गते माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौमा बसेको बैठकले राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्ने पूर्वाधार तयार गर्न वर्तमान सरकारले तत्काल राजिनामा गर्नुपर्ने सामुहि निर्णय गरेको छ ।
सोमबार साँझ बसेको दश दलको बैठकले गरेका निर्णयहरु एक प्रेस विज्ञप्तिमार्फत् पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । बैठकले महत्वपूर्ण दुई बुँदामा निर्णय गरेको छ । पहिलो निर्णयमा भनिएको छ- ‘राष्ट्रिय सार्वभौमिकता, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र, सामाजिक न्याय, शान्ति र संविधान हाम्रा राष्ट्रिय अभिष्ट हुन् । आगामी जेठ १४ गतेसम्म संविधानसभाबाट नयाँ संविधान जारी गर्नु र शान्ति पकृया सफलतापूर्वक सम्पन्न गर्नु आजको सबभन्दा महत्वपूर्ण कार्यभार हुन् ।’ त्यस्तै दोस्रो निर्णयमा, उक्त अभिष्ट प्राप्त गर्न र राष्ट्रिय कार्यभार पूरा गर्न माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको जनाइएको छ ।