सुवास नेम्वाङ, संविधानसभा अध्यक्ष, सभामुख हुँदा या संविधानसभाको अध्यक्षमा निर्वाचित भइसकेपछि पनि राजनीतिक दलहरू एकजुट हुनुपर्ने कुरामा निरन्तर जोड दिइरहने र प्रत्येक महत्त्वपूर्ण विषयलाई सहमतिका आधारमा टुङ्गो लगाउनुपर्छ भन्ने मान्यतालाई संसद् र संविधानसभामा स्थापित गर्न निरन्तर लागिरहनुभएका संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ संविधानसभाका २५वटै दलका लागि प्रिय हुनुहुन्छ ।
निष्पक्षता र सहमतिका आधारमा निर्णयगर्ने विशेषताकै कारण उहाँका कार्यशैलीका विरुद्ध कसैले पनि टिप्पणी गर्ने हिम्मत गर्दैनन् । संविधान निर्माण कार्यलाई निर्धारित समयमै टुङ्गो लगाउने गरी अध्यक्ष नेम्वाङले जिम्मेवार दलका शीर्ष नेताहरूसँग औपचारिक अनौपचारिकरूपमा भेटघाट जारी राखी निक्कै समय छलफलमा बिताउनुभयो । तर, संविधान निर्माण कार्यसँगै अन्य विषय पनि जोडिएपछि मत भिन्नताका विषयहरू जति छलफल गरे पनि टुङ्गो लाग्न सकेको छैन ।
Showing posts with label अन्तरवार्ताहरु. Show all posts
Showing posts with label अन्तरवार्ताहरु. Show all posts
Saturday, May 15, 2010
Subscribe to:
Posts (Atom)
