Showing posts with label लेख तथा निबन्ध. Show all posts
Showing posts with label लेख तथा निबन्ध. Show all posts

Saturday, May 15, 2010

आत्मनिर्णको अधिकार, अग्राधिकार र जातिय स्वशासन

आजको यस “आत्मनिर्णको अधिकार, अग्राधिकार र जातिय स्वशासन” शिर्षक विषयक विचार गोष्ठीका सभापति ज्यू, यस गोष्ठीमा पाल्नु हुने प्रमूख अतिथि ज्यू, यस कार्यक्रममा पाल्नुहुने विभिन्न पार्टी, राजनीतिक संगठन, जातिय संस्था, क्षेत्रिय संस्था तथा अन्य संगठनहरुका प्रतिनीधिहरु ज्यू र यस कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण नेपाली आदरणिय दाजुभाइ तथा दिदी वहिनीहरु मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद हङकङ प्रवास समितिको तर्फवाट सेवारो तथा संघियवादी अविवादन टक्रयाउछु ।सर्वप्रथम उत्पिडित आदिवासी जनजातिको हकअधिकारको रुपमा रहेको यो आत्मनिर्णयको अधिकार, अग्राधिकार र जातिय स्वशासन” विषयक विचार गोष्ठीको आयोजक संगठन लिरामुमो प्रवास समिति हङकङ र लिम्बुवान वुद्धिजिवी समिति हङकङ दुवैलाई विशेष धन्यवाद दिन चाहान्छु ।

Thursday, May 13, 2010

बिना शिर्षक को यथार्त

संपादकिय
राजनिति समस्याको गतीरोध भन्दा एक अर्काको अबरोध चाहने महान कलाकारहरुलाई के उपनाम दिएर संबोधन गरौ नामकरणगर्नै आएन मलाईत, मुख मा कोनिके बगली मा खै कोनिके भएपछी नेपाली जनताले कहिले पाउने सुख ? एकले अर्कोलाई अर्कोले एकलाई देशलाई भलिबलझै हाना हान गरिरहेछ त्यहिभएर होला बोल्नेभषामा पनि परिर्वतन आएर बल फलनाको कोर्टमा र ढिस्नाको कोर्टा भन्न थलिएको छ। जो हरुको मारमा परेका नेपाली जनता रेफ्री संगै बिचमा बसेर घाँटी दहिने र देब्रे गरेको गरैछ। त्यो घाँटीहरु दुखेर हैरान भएको छ। राती सिरानी बिना सुतेर मर्किएको जस्तो भाकोछ तै पनि यो राजनितिक नामको गाइजात्रे खेल हेर्न बाध्य छ। कहिले कस्को कहिले कस्को कोर्टमा पुग्यो रे बल। नेपाली जनताको कोर्टमा चै आउनै मिल्दैन रे त्यो बल। यति पनि सोच्दैन की खेलको तालमेल नमिल्दा उछिट्टिएर दक्षिण दिशा तिर गयो भने के हुन्छ भनेर ? हाम्रा पडोसीहरु त कहिले उछिट्टिएर बल हाम्रो तिर आउला र हावा खोलेर छाला मात्र फर्काइदिउला भनेर बसिरहेको होला, होला मात्र होइन हो नै।

Wednesday, May 12, 2010

लिम्वुवान मुक्तिका आन्दोलनहरु

वि.सं १८३१ मा सन्धी (लालमोहर) द्वारा लिम्वुवानलाई गोर्खाको उपनिवेश बनाईए तापनि त्यस्को बिरुद्धमा विजयपुरका राजा बुद्धिकर्ण खेवाहाङ लिम्वू,याङवरकका हिलीहाङ योङहाङ,चैनपुरका जसमुखी राय,छत्थरका सुनुहाङ खेवाहाङ राय र चारखलका आशदेव लिङदम रायले गोर्खा बिरुद्ध जेहाद छेडेका थिए । त्यसपछि बिभिन्न कालखण्डमा गरिएका लिम्वुवान मुक्ति आन्दोलनहरु यस प्रकार छन् ।

१.वि.सं. १८३९ मा लिम्बुवान गोर्खाबाट मुक्ति गर्न मुरेहाङ लिम्वु र थामुया लिम्बुहरुको छापामार युद्ध
२.वि.सं. १८७३ तिर पृथ्वीसिंह लिम्बुको स्वतन्त्र लिम्बुवान राज्य खडा गर्न प्रयास
३.वि.सं. १९४१ मा जगदल लिम्बुकोस्वतन्त्र लिम्बुवानका लागि वि द्रोह
४.वि.सं. १९५२ मा राज्यले ताप्लेजुङमा अमाल राख्दा हाङपाङका बाजहाङ लिम्बुको बिरोध र हत्या
५.वि.सं.२००६ मा लिम्बुवान स्टेट खडा गर्न विजयबहादुर लिम्बुको विद्रोह र २००८ मा उनको हत्या

Tuesday, May 11, 2010

खेवा लिम्बू र पंक्षी

किरात लिम्बूहरूमध्ये धनकुटा र तेह्रथुम जिल्लाका केही गाविसहरूमा छथरे लिम्बूहरू बसोबास गर्छन् । धनकुटा जिल्लाको हात्तीखर्क, मूर्तिढुङ्गा, अर्खौले जीतपुर, घोर्लिखर्क, तेलिया र ताङ्खुवा गाविस तथा तेह्रथुमको ओख्रे, पोखरी, फाक्चामारामा रहेका छन् । छथरे लिम्बूमा छवटा थर हुन्छन् र उनीहरूलाई खेवा लिम्बू पनि भनिन्छ । छथरे लिम्बूहरूमा तिगेला, तुम्बा, माङ्याक, मादेन, चोङबाङ तथा आङ्लाबाङ (आङ्खेवा) पर्छन् । उनीहरूलाई खेवा भन्नुको अर्थ खे भनेको लिम्बू भाषामा वन हो भने वा को अर्थ कुखुरा वा पक्षी हुन्छ । यी लिम्बूहरूको एउटा विशेषता के हो भने उनीहरू कुनै पनि पक्षीको मासु खाँदैनन् । पक्षी खाएमा आफूहरूलाई त्यसले पिरोल्ने वा अशुभ हुने सांस्कृतिक तथा धार्मिक विश्वास उनीहरूमा छ ।

अस्तित्वको युद्द ब्रह्माण्डमा पनि ?

माघको दिन जाडो निक्कै बडेको थियो ।आज बिदाको दिन त्यसैले बिहान लाजेहाङ सिरकमा गुटमुटिएर के के सोचेर ढ्ल्कीरहे थियो। झ्यालबाट सिरेटो आएकोले पर्दा लगाउन उठ्यो । बिहानीको सूर्यको प्रकासले कंचनजंघा [सेसे लुंग] कुम्भकर्ण [फक्तांग्लुंग] हिम्श्रींग्खलाहरु सुन जस्तै टल्किरहेको थियो ।हिम्स्रींग्खला देखेर मन मा एक आनन्द आयो ।ओछ्यानमा ढ्ल्केर मन खेलाउन थाल्यो। नेपाल कति शुन्दर छ ? आफु नेपाल जस्तो देशमा जन्मिएकोमा गर्व लाग्यो उसलाई । नेपाल सुन्दर भएकै कारण सबैले आखा गाडेका विश्व साम्राज्यवादको नाइके अमेरिका संसार ध्वस्त गर्ने प्रमाणुबम बनाएर आफु राख्छ अनि भरुवा वन्दुक बोक्नेहरुलाइ आतंकवादि भंछ उ अर्काको व्यक्तिगत मामिलामा हातहाल्छ दुनिया गरिव जनताहरुमार्छ अनि प्रजातंत्रको हवालि दिंछ मानवाधिकारको बखान गर्छ। आश्चार्य ! चीनले नेपाल-चीन विचको पुरानो सन्धीलाइ परिमार्जन गर्नु पर्छ भन्दा आफ्नो सात समुन्द्र पारिको देशको राष्ट्रियता खतरामा परेको ठान्छ साम्राज्यवादी अमेरिका। त्यहि हो “ हरिमाया खुर्सानी खाने- दीलमायाको ओठ पोल्ने “ भनेको ।