Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Saturday, May 15, 2010

धरानस्थित बुद्धिजीविहरु र लिम्बुवानजन्य संगठनहरुकावीचमा छलफल

२०६७ बैशाख २६ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रवक्ता छवि सङबाङफेको पहलमा बृहत लिम्बुवान एकताका लागि धरानस्थित बुद्धिजीविहरु र लिम्बुवानजन्य संगठनहरुकावीचमा छलफल भएको छ । छलफलमा स्थानिय बुद्धिजीवि डा. रामनारायण कन्दङवा, राष्ट्रिय बक्सिङ्ग प्रशिक्षक नरेन्द्र पोमु, समाजसेवी तथा राजनीतिज्ञ मीन सुब्बा लगायत संघीय लिम्बुवान राज्य परिषदका संगठन विभाग प्रमुख रामभक्त कुरुम्बाङ, केन्द्रीय सदस्य राम मगर, संघीय लिम्बुवान राज्य परिषद (क्रान्तिकारी) का केन्द्रीय सदस्य रत्न फुरुम्बो सहभागि रहेका थिए । लिम्बुवानवादी संगठनहरुकावीच सैद्धान्तिक र दार्शनिक मतभिन्नता नभएकोले विभिन्न चिरामा विभाजित भई पृथक ढंगबाट राजनीति गर्नु कुनै अर्थ नरहेकोले सबै संगठनहरुवीच एउटै संगठनमा गोलबन्द भई लिम्बुवान प्राप्तिको आन्दोलन अगाडि बढाउनु उपयुक्त रहेको विचार डा. रामनारायण कन्दङवाले व्यक्त गर्नुभयो ।

लिम्बुवानमा लिम्बुवान भोल्युण्टियर्सको विशाल खबरदारी लिम्बुवानी आमसभा हुँदै

लिम्बुवान, वैशाख ३०, २०६७/

संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता तथा संविधान निर्माण र शान्तिप्रकि्रयामा गम्भीर षडयन्त्र भई यथास्थितिवादी एकात्मकवादीहरुको उक्साहटमा धार्मिक साम्प्रदायिक भिडन्त गरी देशलाई गृहयुद्धमा फसाउने षडयन्त्र भइरहेको भइरहेको भन्दै लिम्बुवान भोल्युण्टियर्स एलभीले यही जेष्ठ १ लिम्बुवानको इटहरी सुनसरीमा विशाल खबरदारी लिम्बुवानी आमसभा गर्नेभएको छ । वैशाख २६ गते नै गर्ने भनिएको उक्त आमसभालाई विविध कारणवस जेष्ठ १ गते सारिएको एलमी केन्द्रीय कमाण्डर फक्ताङलुङद्वारा प्रसित विज्ञप्तिमा जनाएको छ । अहिले देशमा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र लिम्बुवान विरोधी षडयन्त्रकारी र प्रतिगामी तत्वहरुको चलखेल बढिरहेकोले सो पुनःउत्थानवादी कि्रयाकलाप तुरुन्त बन्द गराउन;

Thursday, May 13, 2010

धर्मनिरपेक्षताको विरुद्धमा भइरहेको चलखेलप्रति संघीय मञ्चको आपत्ति

नेवाः काठमाडौं, बैशाख २९, २०६७/

नेपालको अन्तरिम् संविधान २०६३ ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्मनिरपेक्ष राज्य घोषणा गरिसकेको अवस्थामा रा.प्र.पा. नेपालका अध्यक्ष, पूर्वपञ्च २०६२/०६३ को दोस्रो जनआन्दोलनलाई क्रूरतापूर्वक दमनगर्ने, ज्ञानेन्द्रकालीन सरकारको गृहमन्त्री कमल थापा भारतको मुम्वईमा गएर विश्व हिन्दू परिषदको सम्मेलनमा भाग लिई जसरी भएपनि नेपाललाई पुनः हिन्दू राष्ट्र बनाई छाड्ने भन्ने उनको सार्वजनिक अभिव्यक्ति; वर्तमान उपप्रधानमन्त्री विजय गच्छादारले गरेको नेपाललाई हिन्दू राष्ट्र बनाउने सार्वजिनक भाषण र वर्तमान अर्का उपप्रधानमन्त्री सुजाता कोइरालाले संघीयताबारे जनमत सङ्ग्रह गर्नुपर्छ भन्ने विचार राखेकोप्रति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले गम्भीर ध्यानाकर्षण भएको भन्दै एक प्रेस विज्ञप्तिमार्फत सोको घोर आपत्ति भत्स्रना र विरोध गरेको छ ।

Wednesday, May 12, 2010

Kapilvastu Day Movement Global Committee Formed

As part of the World Peace Movement, Nepalese people living in different parts of the world last year decided to commemorate Lumbini and Kapilavastu, the birthplace of Gautam Buddha, by observing Kapilvastu Day as a global holiday in order to spread the Buddha’s peace and nonviolence messages all over the world. The Buddha is revered as a Messenger of Peace. He is also known as the Light of Asia who is actually the Light of the world as his message of peace and nonviolence has become more relevant as the world is facing the problems of violence today. The world today has become more violent than ever before. Therefore, we have decided to spread the messages of the Buddha all over the world by observing Kapilvastu Day every year.

माटो, इक्सा र खाम्बेक

बुढासुब्बा मन्दिर र त्यस आसपास रहेका टुप्पाविहीन बाँस झ्याङमा लुकामारी खेल्दै एक जोडी युवायुवती प्रेमालापमा व्यस्त देखिन्छन् । उनीहरू एकआपसको आँखामा हेराहेर गर्दै आलिंगनबद्ध हुन्छन् । तल सेउतीको बगर, पारि पानबारीको पत्रङ्बारी गाउँ अनि उनीहरूको सेरोफेरोमा धरानको विजयपुर डाँडा । छेउमा बुढासुब्बाको मन्दिर ।


चौबन्दी चोलो, कैंचीमार साडी, नाकमा ढुंग्री, शिरमा शिरबन्दी, हातमा चाँदीको कल्ली लगाएकी वैंशालु युवती इक्साको वरिपरि घुम्दै आधुनिक पहिरनमा सजिएको युवक खाम्बेकले पालाम ट्युनमा मनको विरह पोख्छ, ‘गैरीबारी विराई खेतै भयो, यसैर ठाउँमा भेटै भयो ।’ जवाफमा नशालु कर्के नजर लगाउँदै लाजले भाग्छिन् इक्सा । खाम्बेकले पछ्याउँदै हातमा समाएर अंगालोमा बाँधिएपछि दुवै प्रेमको दुनियाँमा हराउँछन् ।

Tuesday, May 11, 2010

संयुक्त सरकारको निर्माण गर्न वर्तमान सरकारले राजिनामा गर्नुपर्ने दशदलको निर्णय

नेवाः काठमाडौं, वैशाख २७, २०६७/



भर्खरै आमहड्ताल गरेर स्थगित गरेको नेपालको सबभन्दा ठूलो राजनीतिक दल एकीकृत ने.क.पा. (माओवादी)सहित विभिन्न दश राजनैतिक दलहरुको वैशाख २७ गते माओवादीको केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौमा बसेको बैठकले राष्ट्रिय संयुक्त सरकारको निर्माण गर्ने पूर्वाधार तयार गर्न वर्तमान सरकारले तत्काल राजिनामा गर्नुपर्ने सामुहि निर्णय गरेको छ ।
सोमबार साँझ बसेको दश दलको बैठकले गरेका निर्णयहरु एक प्रेस विज्ञप्तिमार्फत् पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । बैठकले महत्वपूर्ण दुई बुँदामा निर्णय गरेको छ । पहिलो निर्णयमा भनिएको छ- ‘राष्ट्रिय सार्वभौमिकता, संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र, सामाजिक न्याय, शान्ति र संविधान हाम्रा राष्ट्रिय अभिष्ट हुन् । आगामी जेठ १४ गतेसम्म संविधानसभाबाट नयाँ संविधान जारी गर्नु र शान्ति पकृया सफलतापूर्वक सम्पन्न गर्नु आजको सबभन्दा महत्वपूर्ण कार्यभार हुन् ।’ त्यस्तै दोस्रो निर्णयमा, उक्त अभिष्ट प्राप्त गर्न र राष्ट्रिय कार्यभार पूरा गर्न माधवकुमार नेपाल नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको जनाइएको छ ।