Saturday, May 15, 2010

लिम्बुवानमा लिम्बुवान भोल्युण्टियर्सको विशाल खबरदारी लिम्बुवानी आमसभा हुँदै

लिम्बुवान, वैशाख ३०, २०६७/

संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता तथा संविधान निर्माण र शान्तिप्रकि्रयामा गम्भीर षडयन्त्र भई यथास्थितिवादी एकात्मकवादीहरुको उक्साहटमा धार्मिक साम्प्रदायिक भिडन्त गरी देशलाई गृहयुद्धमा फसाउने षडयन्त्र भइरहेको भइरहेको भन्दै लिम्बुवान भोल्युण्टियर्स एलभीले यही जेष्ठ १ लिम्बुवानको इटहरी सुनसरीमा विशाल खबरदारी लिम्बुवानी आमसभा गर्नेभएको छ । वैशाख २६ गते नै गर्ने भनिएको उक्त आमसभालाई विविध कारणवस जेष्ठ १ गते सारिएको एलमी केन्द्रीय कमाण्डर फक्ताङलुङद्वारा प्रसित विज्ञप्तिमा जनाएको छ । अहिले देशमा संघीयता, लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र लिम्बुवान विरोधी षडयन्त्रकारी र प्रतिगामी तत्वहरुको चलखेल बढिरहेकोले सो पुनःउत्थानवादी कि्रयाकलाप तुरुन्त बन्द गराउन;

जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा संखुवाखोला-अरुण-सप्तकोशीपूर्वका नौ जिल्ला संखुवासभा, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पान्थर, ताप्लिजोङ र तेह्रथुमसहितको लिम्बुवान स्वायत्त राज्य घोषणा गराउन; मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदसंग २०६४ साल फाल्गुन १८ गते गरिएको पाँच बुँदे सहमतिलाई अविलम्ब कार्यान्वयन गराउन;संविधानसभामार्फत जेष्ठ १४ गते नै लिम्बुवान सहितको संविधान जारी गराउन;झापा, मोरङ, सुनसरी, धनकुटा र संखुवासभाको ऐतिहासिक लिम्बुवान भूमि टुक्राउने षडयन्त्र बन्द गराउन;।

लिम्बुवान राज्य बन्नु अगाडि नै एकात्मक राज्य सत्ताले लिम्बुवानको जल जंगल र जमिनमाथिको हस्तक्षेप किनवेच र सन्धि-सम्झौता गरिरहेका छन् उक्त घृणित कार्यहरु तुरुन्त बन्द गराउन सो विशाल खबरदारी लिम्बुवानी आमसभा गरिएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । यदि लिम्बुवान स्वायत्त राज्यको सुनिश्चता नगरिए लिम्बुवान स्वायत्त राज्य स्थापना गर्न उच्च मनोवलका साथ जस्तोसुकै बलिदानी दिन तयार भई माच सम्बद्ध संघीय लिम्बु राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियस्र

LV केन्द्रीय कमाण्डको आयोजनामा राज्य पुनःसंरचना समितिले संगठनको जेएम्एस् मिसनअन्तर्गत जेठ १ गते सुनसरी इटहरीमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष श्री कुमार लिङ्देन ‘मिराक’ को प्रमुख आतिथ्यमा विशाल खबरदारी आमसभा आयोजना गरिएको हो । त्यसैगरी, जेठ २ गते एलभी कमाण्डरहरुद्वारा वृहत बहस अन्तरकि्रया र ३ गते LV को केन्द्रीय कमाण्डदेखि सिभिल कमाण्डसम्मका कमाण्डरहरुलाई राजनीतिक प्रशिक्षण साथै इटहरी घोषणा-पत्र जारिगरिने योजना रहेको छ ।
एलभीद्वारा आयोजित उक्त विशाल खबरदारी आमसभामा विद्यार्थी, शिक्षक, महिला, मजदुर, पत्रकार, नागरिक समाज, मानवअधिकार कर्मी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, कर्मचारी प्रशासन तथा सम्पूर्ण लिम्बुवानवासीहरुलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाई दिन आव्हान समेत गरिएको छ ।

- डी. बी. आङबुङ

No comments:

Post a Comment