Thursday, May 13, 2010

बिना शिर्षक को यथार्त

संपादकिय
राजनिति समस्याको गतीरोध भन्दा एक अर्काको अबरोध चाहने महान कलाकारहरुलाई के उपनाम दिएर संबोधन गरौ नामकरणगर्नै आएन मलाईत, मुख मा कोनिके बगली मा खै कोनिके भएपछी नेपाली जनताले कहिले पाउने सुख ? एकले अर्कोलाई अर्कोले एकलाई देशलाई भलिबलझै हाना हान गरिरहेछ त्यहिभएर होला बोल्नेभषामा पनि परिर्वतन आएर बल फलनाको कोर्टमा र ढिस्नाको कोर्टा भन्न थलिएको छ। जो हरुको मारमा परेका नेपाली जनता रेफ्री संगै बिचमा बसेर घाँटी दहिने र देब्रे गरेको गरैछ। त्यो घाँटीहरु दुखेर हैरान भएको छ। राती सिरानी बिना सुतेर मर्किएको जस्तो भाकोछ तै पनि यो राजनितिक नामको गाइजात्रे खेल हेर्न बाध्य छ। कहिले कस्को कहिले कस्को कोर्टमा पुग्यो रे बल। नेपाली जनताको कोर्टमा चै आउनै मिल्दैन रे त्यो बल। यति पनि सोच्दैन की खेलको तालमेल नमिल्दा उछिट्टिएर दक्षिण दिशा तिर गयो भने के हुन्छ भनेर ? हाम्रा पडोसीहरु त कहिले उछिट्टिएर बल हाम्रो तिर आउला र हावा खोलेर छाला मात्र फर्काइदिउला भनेर बसिरहेको होला, होला मात्र होइन हो नै।
 नेताहरु भने एता बाट सर्भिस गर्दा उता भुईमा खस्ने उता बाट सर्भिस गर्दा एतापटि उस्तै हालत, कसैले जनताको अगाडी एक पोइन्ट ल्याउने होइन सर्भिसै मात्र चेन्ज गरेर जनतालाई भन्नु के खोजेको हो ?

यस्तो सर्भिसै मात्र चेन्जहुने खेलहरु त नेपाली जनताले २००७ देखिनै होला हेरेको, अझै कति हेर्नु, जुन कोनिके आए पनि के चिरिएको भनेजस्तै मात्र भाकोछ, जेठ १४ कसैको जन्म दिन मात्र भाको छ यस्तै गाइजात्रे खेल चलिरहे एकदिन जनताले बल उनिहरुकै कोर्ट बाट खोसेर हावा खोलेर छाला घाममा सुकाउनु पर्ने हुन्छ। ओल्लो ले तैले गरेर जनताले दु:ख पायो भन्छ पल्लोले पनि तैले गरेर चै जनताले दु:खा पायो भन्छ। बिचमा भोको,पिडित,भ्रस्टचारि र महङ्गीको चिर्पटले कन्पारामा लागेर तिरिमिरि झ्याई भएर कुन ठिक कुन बेठिक छुट्याउनै नसक्ने अवस्थाको अनुहार। यस्ले पो गर्ला कि उस्लेपो गर्लाकी भनेर ४ ओटा बिषयमा परिक्षा नदिए पनि कतै सफल भैहालिन्छकि भनेर घोग्रीएर नतिजाबोर्डमा हेर्नेलाई के भनेर सम्झाउने अनि कस्ले सम्झाउने अङुर खानुको लागी अङुरकै बोटमा पानि हाल्नु पर्छ भनेर ? देशको ५०% भन्दा धेरै जनता गरिबिको चपेटामा चेप्टीएर पनि पिल्सिसकेको छ अनि लिनठिङग खै कोनि के मा के झुन्डिएको जस्तै भएको छ।

यो त थियो भित्रको कुरा किनाराको त कुरै अलग छ किनाराको त के कुरा गराई भो र नेपाल राष्ट्रभरी यस्तो एकजना मान्छे भेटिएन जस्ले निडर भएर हाम्रो देश ठ्याक्कै यति हो भनेर झन्डा गाडोस। सिमाना मिच्नु अगाडी नै सिमाना भित्रैको बुद्धलाई आक्रमण त्यतिले नपुगेर दुनियाँका सबसे उचाँ माउन्ट एभरेस्ट इन्डियामे पडता हे भन्नु पनि नचुक्ने हाम्रो मित्र राष्ट्र, अनि त्यतिले पुग्दैन भन्नेकुरा बुझेर हाम्रो महान नेताहरु पासपोर्टको कारखाना पनि उतै खोल्नु खोजेर जनतालाई के सन्देस दिन चाहेको होला। नेपाली जनताको मनको कुरा नबुझेर के भो त मित्र राष्ट्रको त छिट्टै बुझ्दो रहेछ। भनेर हामीले बुझ्नु पर्ने हो त ??????????

मबि खजुम लिम्बु

No comments:

Post a Comment