Saturday, May 15, 2010

मुक्तक अन्य विधा “धनको खातिर विदेश आईयो”

धनको खातिर विदेश आइयो

सोचे जस्तो नहुँदा चाल पाइयो
जहाँ जाउँ कर्म संगै जाँदो रैछ
छ मैना त लेखेम् मात्रै खाइयो


चिल्ड्रेन पार्कमा दोहोरी नि गाइयो
कैले बचन नपाएको बचन पनि पाइयो
मन पुग्छ गाउँ घरमा जिउ बिदेशमा
बनावटी हाँसो बोक्दै बाहिर खुसी छाइयो


मरी हत्य गरी कन काममा दाइयो
तलब नपाए पछि, मुद्दा पनि लगाइयो
नियम कानून मात्रै, भएर हुदैन रैछ
हटकाव्ला इमिग्रेसन,अखोती नि धाइयो


मिना बान्तवा "मृदु"


लेखेम् -पाऊ रोटी
हट, काभ्ला, अखोती -
"मानव अधिकारको ब्रान्च"
-हेल्प लाईन

No comments:

Post a Comment