मनोरंजन

माटो, इक्सा र खाम्बेक

बुढासुब्बा मन्दिर र त्यस आसपास रहेका टुप्पाविहीन बाँस झ्याङमा लुकामारी खेल्दै एक जोडी युवायुवती प्रेमालापमा व्यस्त देखिन्छन् । उनीहरू एकआपसको आँखामा हेराहेर गर्दै आलिंगनबद्ध हुन्छन् । तल सेउतीको बगर, पारि पानबारीको पत्रङ्बारी गाउँ अनि उनीहरूको सेरोफेरोमा धरानको विजयपुर डाँडा । छेउमा बुढासुब्बाको मन्दिर । (Read more...)

...........................................................................................................


 चर्चित चुम्बन

दुई चर्चित गायिकाले झन्डै सात वर्षअघि एउटा कन्सर्टका क्रममा गरेको चुम्बनलाई २१ औं शताब्दीकै सर्वोत्कृष्ट चुम्बन मानिएको छ । गायिकाद्वय म्याडोना तथा बि्रट्नी स्पेयर्सले सन् २००३ मा आयोजित एउटा कन्सर्टमा गरेको चुम्बनलाई एउटा सर्वेक्षणले सर्वोत्कृष्ट घोषित गरेको हो । पप क्विन तथा पप राजकुमारीको उपाधि पाएका यी दुई गायिकाले एमटिभी म्युजिक एवार्ड वितरण समारोहमा ओठ जोडेरै चुम्बन गरेका थिए । बेलायतमा गरिएको एउटा सर्वेक्षणमा उक्त चुम्बनले सर्वाधिक मत पाएको छ । यी दुई गायिका एउटा म्युजिक भिडियोमा पनि सँगै देखिएका छन् । सन् २००२ को चलचित्र स्पाइडर म्यानमा टोबी म्यागुरी तथा क्रिष्टन डन्स्टबीचको चुम्बन दोस्रो तथा सन् २००५ को चलचित्र ‘ब्रोकम्याक माउन्टेन’ मा हिथ लेजर तथा ज्याक ग्यालेहिलबीचको चुम्बन तेस्रो स्थानमा छ ।