तिमी संग हृदय खोलुँ-खोलुँ लाग्यो
एक चिट्ठी लेखेर बैना बट्टा मारी
मिठा कुरा कानीले मोलुँ-मोलुँ लाग्यो
नदेखे झैं गरेर टोलुँ-टोलुँ लाग्यो
तिम्रो नामको छापले सिउँदोमा छापी
जीवनलाई रंगमा घोंलुँ-घोंलुँ लाग्यो
तिमी संगै जिंदगी सात जूनी साट्न
सातै माड़ा घुमेर पोलुँ-पोलुँ लाग्यो
मिना बान्तवा "मृदु"
No comments:
Post a Comment