Tuesday, May 11, 2010

अस्तित्वको युद्द ब्रह्माण्डमा पनि ?

माघको दिन जाडो निक्कै बडेको थियो ।आज बिदाको दिन त्यसैले बिहान लाजेहाङ सिरकमा गुटमुटिएर के के सोचेर ढ्ल्कीरहे थियो। झ्यालबाट सिरेटो आएकोले पर्दा लगाउन उठ्यो । बिहानीको सूर्यको प्रकासले कंचनजंघा [सेसे लुंग] कुम्भकर्ण [फक्तांग्लुंग] हिम्श्रींग्खलाहरु सुन जस्तै टल्किरहेको थियो ।हिम्स्रींग्खला देखेर मन मा एक आनन्द आयो ।ओछ्यानमा ढ्ल्केर मन खेलाउन थाल्यो। नेपाल कति शुन्दर छ ? आफु नेपाल जस्तो देशमा जन्मिएकोमा गर्व लाग्यो उसलाई । नेपाल सुन्दर भएकै कारण सबैले आखा गाडेका विश्व साम्राज्यवादको नाइके अमेरिका संसार ध्वस्त गर्ने प्रमाणुबम बनाएर आफु राख्छ अनि भरुवा वन्दुक बोक्नेहरुलाइ आतंकवादि भंछ उ अर्काको व्यक्तिगत मामिलामा हातहाल्छ दुनिया गरिव जनताहरुमार्छ अनि प्रजातंत्रको हवालि दिंछ मानवाधिकारको बखान गर्छ। आश्चार्य ! चीनले नेपाल-चीन विचको पुरानो सन्धीलाइ परिमार्जन गर्नु पर्छ भन्दा आफ्नो सात समुन्द्र पारिको देशको राष्ट्रियता खतरामा परेको ठान्छ साम्राज्यवादी अमेरिका। त्यहि हो “ हरिमाया खुर्सानी खाने- दीलमायाको ओठ पोल्ने “ भनेको ।
—— यता भारत क्षेत्रिय बिस्तारवादि को उस्तै चालछ सिक्किम खायो अब भुटानलाइ गलाउदै छ नेपालको भूमी घरि घरि अतिक्रमण गरिरहेछ। श्रीलंका; नेपाल; पाकिस्थान; भुटानमा भारतको चल्खेल बडेको छ। भारतले नेपाल सिमा स्तम्भ पटक पटक दक्षिणबाट उत्तर तर्फ सार्ने काम गरि नेपाली भूमी अतिक्रमण गरिरहेको छ। यस्तै बेलामा नेपालमा संघिय राज्यको कुरा चलिरहेको छ। उ मन मनै भंछ- नेपालको राष्ट्रियताको सवालमा भन्ने हो भने अखंड लिम्बुवान संघिय राज्य हुनु पर्छ। उसले केहि दिन अघि कांतीपुर दैनिकमा पढेको थियो मधेशीहरु साच्चै राष्ट्रवादी छन भन्ने तर लाजेहाङ यो वाक्य प्रति असहमत हुंछ कारण जो नेपाली भाषा भन्दा भारतिय भाषा ( हिन्दी) बोल्छ अनि नेपालको गरिमामय ओहोदा उप रास्ट्रपतिको सपथ खान भारितिय राष्ट्रिय पोशाक ( धोती ) लगाएर नेपालको गरिमामय संसद भवन जांछ भने त्यो कस्तो राष्ट्रियता हो? आफै प्रश्न गर्छ। सत्य कुरा यो होकि नेपालीहरु विश्वको जुनसुकै कुनामा गएर स्थायी बसोबास गरेर बसे पनि उनिहरुको नसामा बग्ने रगत नेपालि नै हो उ अहिले बसिरहेको देशको होइन। त्यस्तै भारतको मध्यप्रदेशबाट नेपालको तराईमा आई वसोवास गर्ने मधेसीहरुको नसामा भारतिय खुन बग्दैन भनु सकिन्न। यी प्रवासीहरुलाई भूमीपूत्रको अधिकार दिएर नेपाल सकारले ठूलो ऐतिहासीक भूल गरेको कुरा लाजेहाङको ठहर छ। अनि ऊ थारुहरुको “ हामी मधेसी होइनौ हाम्रो आफ्नै पहिचान र अस्तित्व छ” भनेर सकार विरुद्द गरिएको आन्दोलन प्रति ह्रिदय देखि नै ऐक्यवद्दता जनाउछ।




अनि बर्षेनी भारतले नेपालको हज्जारौ बिघा जमिन अतिक्रमण गरिरहेछ । तर त्यहाका बासिन्दाहरु चुप चाप रहंछन। त्यो भारतको समर्थन होइन र? झापा जिल्लामा नेपाल भारत सिमा क्षेत्रमा नेपालको जग्गा धनीपूर्जा सिरानि लगाएर सुतेका भारतीयमूलका नेपालीहरु भोलि पल्ट उनिहरु भारतीय भैसकेका थिए कारण राति नै सिमा स्तम्भहरु उनिहरुको घर जग्गा भन्दा उत्तरमा सारिसकिएको थियो। तर पनि खोइ ? उनिहरुले त्यसको विरोध गरेत? उँहु केहि बोलेनन यहा पनि मौन समर्थन नै रह्यो ।के त राष्ट्रियता भनेको त्यहि हो? त्यस्तै खालका राष्ट्रवादीहरु को भर परेर जादा कतै सिंगो नेपाल देशको आकार नै नबद्लेला भन्न सकिन्न। उतिक्कैमा इलाम जिल्लाको पूर्बमा पनि भारतले केहि जंगल र खालि जग्गाहरु अतिक्रमण गर्यो ।तर गौरवको कुरो त्यहाका स्वाभिमानि तथा राष्ट्रबादि शिक्षक विध्यार्थी वुद्दिजिवि लगायत स्थानिय जनताहरुले भोलि पल्ट नै भारतीय अतिक्रमणको घोर विरोध गरे पछि अंत्यमा भारतले अतिक्रमित जग्गा छोड्नै कर लाग्यो। हो त सच्चा राष्ट्रवाद यो हो। लाजेहांङ आफै रातो पिरो भैसकेको थियो। इलामेली स्वाभिमानी वीर योद्दा दाजू-भाइ दिदी-बहिनीहरुमा भित्र ह्रिदय देखि संग्रामी अभिवादन टक्रयायो। अनि त्यसैले उसले “ कोचिला “ छुट्टै स्वायत राज्य भयो भने –विस्तारवादी भारतको लागी “ के जातीको पुच्छर काटी के जातीलाइ सजिलो “ भने जस्तो मात्र हुने छ। अथवा भारतलाइ “ के खोज्छेस कानो भन्दा आखो “ भने झै हुनेछ। अत; लिम्बुवान स्वायत राज्य भित्र कोचिला उप स्वायत्त राज्यको मात्र परिकल्पना गर्यो। अब लोकतांत्रिक गणतंत्र नेपालको नया सम्बिधान बनिरहेकोछ । यो सम्वीधान संसारका संघिय संवीधानका राम्रा राम्रा पक्षहरु समेटेर विश्वकै उत्क्रीस्ट नया नेपालको सम्वीधान बन्ने छ ।



जुन सम्वीधानले नेपालमा सदियौ देखि वसोवास गरिरहेका ……..आदिवासी, अनादिवासी र प्रवासीहरुको उचित पहिचान गर्ने छ र जनजाती मधेसि महिला दलित अल्पसंख्यक तथा पिछडिएका जातिहरुको समस्या हरुको सम्बोधन गर्ने छ । तब जातिय ऐतिहासिक आधरमा आत्मानिर्ण्यको अधिकार सहितको स्वायत संघीय राज्यहरु बन्ने छन ।जस मध्ये ताप्लेजुङ, पांचथर, इलाम, झापा, सुनसरी, मोरांग, धनकुटा, तेह्रथुम र संखुवासभा सहितको एक आत्मनिर्णयको अधिकार सहितको स्वायत लिम्बुवान राज्य बन्ने छ। जहा लिम्बु तथा गैह्रलिम्बुहरुको जातिय पहिचान को लागि भाषा, लिपी, धर्म तथा संस्क्रितीको बिकास हुनेछ। अल्पसंख्यक पिछडिएका महिला दलित सबैको संघिय सरकारमा समानुपातिक प्रणालिद्वारा प्रतिनिधि पुर्याइनेछ।आफ्नो राज्यको चौतर्फि बिकासकोलागी सम्पूर्ण लिम्बुवानवासीहरु मिलेर कहा? के? को आवस्यक्ता छ त्यसको पहिचान गरि कार्यहरु गरिने छ। जातिय विभेद अंत्य हुनेछ सबैलाइ सबै क्षेत्रमा समान अवसर [आरक्षणको व्यावस्थागरेर] प्राप्त हुनेछ।प्रविधिक शिक्षामा जोड दिनेछ सम्पुर्ण लिम्बुवानवासीहरु आत्म निर्भर हुनेछन। लिम्बुवानमा रहेको प्राक्रितिक श्रोत साधनकोपरिचालन गरिनेछ।यसरि नया बनिरहेको संविधानले जनताहरुलाइ देशको मालिक बनौने छ।जनताहरु सार्भभौम हुने छन । लिम्बुवान भित्र उप स्वायत राज्य बनाउन सकिनेछ। हिमाली भेकमा रहेका जडिबुटीहरुलाइ प्रशोधन गरिने छ। पहाडको अलैची , चिरैतो अमलिसो, अदुवा, चिया, आलू ,सुंतला जस्ता नगदे वालीहरुको खेति आधुनिक तरिकाबाट गरिनेछ।बजारको व्यबस्था गरिने छ। क्रीशकहरुको हितलाइ ध्यान राखी उत्पादित वस्तुहरुको उचित मूल्य निर्धारण गरिने छ।क्रिषी क्षेत्रमा आधुनिक प्रविधी अपनाइनेछ। ।जसबाट उत्पादन ब्रिद्दी हुनेछ।



यसरी पौरखी लिम्वुवानवासीहरुको सम्रिद्द लिम्वुवान् राज्य बन्ने छ। त्यस्तै अन्य संघिय राज्यहरु मिलाएर एक सम्रिद्द सुन्दर नेपाल वन्ने छ। अनि मात्र नया नेपालको उत्घोष सार्थकहुनेछ। हज्जारौ सहिदहरुको आत्माले शांती पाउने छ। तर यी सम्पूर्ण कुराको निर्क्योल अब बन्ने संविधानले गर्ने छ। यदि संविधान जनताको सर्व पक्षिय हित बिपरित बन्यो भने देशमा शांती विथोलिने हुंछ ।

लाजेहाङ यस्तै सोच्ता सोच्तै निधाउछ । उ यस्तो स्थान्मा पुग्छ जहाबाट ब्रमाण्डका सम्पूर्ण सूर्य नक्षत्र तारा ग्रह आदिको चालहरु देख्न सकिंथ्यो ।लाजेहाङ एकोहोरो हेरिरहेको थियो । हेर्दा हेर्दै अकस्मात सुर्यको एक चोइटा सूर्यबाट उछिट्टिएर बाहिर सून्यमा अडियो ।यो घटना सूर्यको परिक्रमा गरिरहेका नौवै ग्रहहरुले देखे । यो देखेर सबैलाइ त्यो चोइटा आफ्नो बनाउने रहर लाग्यो ।त्यसैले उनिहरु भेला भए । भेलामा सबैले आ आफ्नो कुरा राखे तर सबैको भनाइ त्यो सुर्यको चोइटा आफुले पाउनु पर्ने दाबि थियो ।लाजेहाङलाइ ती नौ ग्रह मध्ये यम[pluto ] र प्रिथ्बी [ earth ] को तर्क घत लाग्यो । यमको तर्क थियो – प्रिथ्बीका मानिसहरुले मेरो अस्तित्वमा प्रश्न खडा गरेकाछन ।उनिहरुको भनाइ अनुसार यस ब्रमाण्डमा यम भन्ने ग्रह नै नभएको दाबि गरेकाछन। मलाइ श्रीस्टीमा पनि अन्याय गरि सुर्यबाट धेरै टाडा रखियो । त्यसैले मित्रहरु यो सुर्यको चोइटो मैले पाउनु पर्छ ।म यस ब्रमाण्डमा आफ्नो अस्तित्व कायम राख्नु चाहांछु ।त्यस्तै गरि प्रिथ्बीको तर्क यस्तो थियो- मित्रहरु तपाइहरुलाइ थाहा भएको कुरा हो। म मानव पशु-पन्क्षी अनि वनस्पतीले भरिपूर्ण ग्रह हुंग। त्यसैले गर्दा मांछेहरुले मलाइ प्रदूषित पारेकाछन। विभिन्न रोगहरु फैलिएकाछना। मानिसहरु एक स्थानबाट अर्को स्थानमा उडेर जाने आउने गर्छन। जनसंख्या बडेको बडेकै छन। यसरी मानिसहरुकोलागि म सांघुरो भैरहेछु।अत त्यो सूर्यको चोइटो मैले नै पाउने पर्छ। प्रिथीबिले आफ्नो कुरा राखि नसक्दै ग्रहहरुको विचमा हात मिसा मिस हुन लाग्यो। यो देखेर लाजेहाङलाइ प्रिथ्बी र यमको माया लाग्यो। तर पनि उ भने प्रिथ्बीकै पक्षमा थियो। समझदारी हुन नसेकोमा लाजेहाङलाइ दुख लाग्यो तर पनि उ केहि नबोलेर हेरिरहेको थियो।



कोहि आफु विस्तार हुनकोलागी लडाइ गर्न तयार थिए भने कोहि अस्तित्वकोलागी लड्न तयार देखिंथे। यतिकैमा सवै ग्रहहरु हानाहान गर्न थाले यति नै बेला यम ग्रहले मौका पार्यो सानो भए पनि बुद्दि पुर्याएर आफुसंग भएभरको बल शक्ती निकालेर [अरु लड्दै गरेको मौका पारेर] सूर्यको चोइटालाइ झम्टियो दुर्भाग्य सुर्यको चोइटाले उल्टै यमलाइ आफुमा सामाहित पार्यो। कारण यम भन्दा चोइटो सक्तिसालि थियो । यसरि अस्तित्वको लडाइ लड्दा लड्दै व्रमाण्डबाट यमको अस्तित्व सधैकोलागी समाप्त भयो। यता अरु ग्रहहरुको युद्द जारि थियो। तर सबैले यमको चाल देखेर उनिहरु पनि युद्द छोडी आ- आफु संग भएको बल शक्ती वुद्दी प्रयोग गर्न थाले। लाजेहाङ अब फेरि के हुने हो ? भन्दै हेरिबसेका थिए। सबैले सक्ती प्रयोग गरे तर सूर्यको चोइटो को डेग चलेन अनि प्रिथ्बीको पालो भएभरको बल बुद्दि साधान श्रोत लगायो पहिले प्रिथ्बीले सातै महासागरको पानि एकै ठाउमा डोल्याएर रेडीयोको एरियल जस्तो पारेर सूर्यको चोइटो तिर सोझ्यायो अनि त्यसमाथि सबै सक्ती खन्याएर पानीको मुस्लोलाइ एरियल तल दाबेको जस्तो गर्यो तब भयंकर आवाज र अति तेजिलो प्रकाशको साथमा सुर्यको चोइटो प्रिथ्बीतिर हुइकियो अरु ग्रहहरु जिल्ल परे। त्यतिबेलै संसारका सम्पूण प्राणीहरुको आखा र कान गुम्यो। निमेशभरमै त्यो चोइटो प्रिथ्बीको आधा भाग ढाक्दै झ्वाम्म अमेरिकालाइ केन्द्र विन्दु पार्दै प्रिथ्बीमा मिल्यो। अझै के हुने हो भन्दा भन्दै सुर्यको चोइटोको तापले संसार पग्लियो प्राणी र वनस्पतिजगत खरानी भएर माटोमा समाहित भए। महासागरको पानी साराको सारा वास्पीकरण भएर अकासतिर गयो के क्षणमै फेरि मुसलधारे पानी पर्यो। पानीले मटैलो भाग सबै बगेर गयो ढुंगा वालुवा मात्र देखियो।



केहि अघि मात्र हरिलो भरिलो मानव सभ्यता मनोरम हिमश्रीखला हरियालीले ढाकेको प्रिथ्बीको यो हालत देखेर लाजेहाङको आखाबाट आशु बरर झर्यो। आसु पुसेर पून संसारलाइ लाजेहाङले हेर्यो प्रिथ्बी त ढुंगा गेग्रेंन बालुवाको डल्लो जस्तो रुखो फुंग उडेको देखियो। लाजेहाङ् आफैलाइ प्रश्न गर्छ खोई? ती शक्ती र वैभवले मात्तिएका अनि आफुलाइ संसारकै हिरो ठान्ने राष्ट्रहरु….. आफै उत्तर दिंछ ती सवै राष्ट्रहरु खरानी हुदै प्रिथ्वीमा समाहित भए। प्रिथ्बीको यो हालत देखेर लाजेहाङको भक्कानो फुट्यो।डाको छोडेर रुन आटेंकोमात्र थियो। वुवा चिया सेलिंछ छिट्टो उठ्नुहोस नामओतीको आवाजले लाजेहाङको निन्द्रा भंग भयो। व्युंझेर हेर्दा छोरि नामओती उस्कै प्रतिक्षामा थिइन ।वुवा के भयो तपाइलाइ जाडोमा पनि पसिना नै पसिना । सिरक ओढेर नी नामओतीको कुराटार्दै लाजेहाङ चिया पिउनु थाल्छ- लाजेहांङ आफूले देखेको सपनालाई पून: स्म्रिती पटलमा ल्याउछ सिनेमाको रील झै सररर– —- – — त्यो सूर्यको टुक्रा ——-व्रमाण्डमा युद्द ————- यमको ——— अस्तित्व—प्राणीजगत –वनस्पतीजगत हेर्दा हेर्दै खरानी —- प्रिथ्बीको हालत— वालुवाको ढिस्को ——–फुङग उडेको रुखो प्रिथ्वी—– सबै उस्को दिमागमा घुमिरहंछ।

फेरि सूर्यको चोइटो ——————–



धनबहादुर यक्सो

No comments:

Post a Comment